पोखराबाट ‘पेन गन’ सहित लागु औषध कारोबारी पक्राउ

0

साउन, १ ।
कास्कीमै पहिलोपटक ‘पेन गन’ फेला परेको छ । लागु औषध कारोबारमा संलग्न १ जनाले साथमा राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीले ‘पेन गन’ सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा २४ कास्कीकोटका सागर रानाभाट छन् । उनी पोखरा ७, मासबारस्थित एक घरमा डेरा गरी बस्दै आएका थिए । लागु औषध ओसरपसार, बिक्री वितरण तथा हातहतियार बोकेर हिड्ने गरेको सूचनाका आधारमा रानाभाटलाई अनुसन्धान पश्चात्त पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनको साथबाट एक थान ‘पेन गन’ र त्यसमा लाग्ने ७ थान गोली बरामद गरिएको एसपी कार्कीले बताए । साथमा फेनारागन ६०, बुफ्रिन ६०, डाइजापाम ६० थान र नाइट्रोसन १५ चक्की प्रहरीको टोलीले बरामद गरेको छ । पक्राउ परेका रानाभाटले साथमा लिई राखेको विभिन्न व्यक्तिका पासपोर्ट र नागरिकता १० थान बरामद गरिएको एसपी कार्कीले जानकारी दिए ।

Share.

Leave A Reply