play_circle_outline On Air

नेपाल खबर

play_circle_outline On Air

नेपाल खबर

पूर्वी चितवनको एक सरकारी विद्यालयमा दारुपाटी, प्रधानाध्यापकसहित पाँच जना पक्राउ

0

चितवन, असार, १ ।
पूर्वी चितवनको रत्ननगरमा विद्यालयमै रक्सी खाएर रमाउदै गरेको अबस्थामा विद्यालयका प्रधानाध्यापकसहित पाँच जना पक्राउ परेका छन् । रत्ननगर नगरपालिका वडा न ९ मा रहेको कपरखोरी माध्यमिक विद्यालयमा विद्यालयको नयाँ बन्दै गरेको भवन भित्रै गएराति रक्सी खाएर पाटी गरेपछि उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले सिनर्जी एफ एमलाई जानकारी दिनुभएको छ । पक्राउ पर्नेमा विद्यालयका प्रधानाध्यापक विष्णु कट्टेल, सह–प्रधानाध्यापक कृष्णविलास ढुंगाना, लेखापाल बालकृष्ण पौडेल, विद्यालय भवन निर्माण समितिका संयोजक बलराम बगाले र कार्यालय सहयोगी गोपाल रिमाल रहेका छन् । उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय रत्ननगरमा राखिएको छ ।

Share.

Leave A Reply