play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

नस्लवादीको टिप्पणी गरेको भन्दै राष्ट्रपति ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित

0

साउन, १ ।
चार महिला सांसदमाथि नस्लवादीको टिप्पणी गरेको भन्दै अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । राष्ट्रपति ट्रम्पले गरेको टिप्पणी नस्लवादी भएको ठहर गर्दै संसद्ले खेद प्रस्ताव पारित गरेको हो । १ सय ८७ जना डेमोक्रयाटिक सदस्य रहेको प्रतिनिधिसभाबाट यो प्रस्ताव २ सय ४० मतले पारित भएको हो । यसको मतलव संसद्का अन्य सदस्यले पनि यो प्रस्तावको समर्थन गरेका छन् । खेद प्रस्ताव पारित भए पनि यसको कुनै कानुनी वैधता रहँदैन । ‘द स्क्वाड’ को नामले परिचित डेमोक्र्या्टिक पार्टीका प्रगतिशील धारका चार महिला नेतृ एलेक्सान्ड्रिया ओकासिओ–कोर्तेज, रशिदा तलाइब, एयाना प्रेसली र इहान ओमारलाई लक्षित गर्दै राष्ट्रपति ट्रम्पले गरेको ट्वीटको ब्यापक आलोचना भइरहेको छ ।

Share.

Leave A Reply