play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

चार अमेरिकी महिला सांसदद्वारा राष्ट्रपति ट्रम्पको निन्दा

0

असार, ३१ ।
अमेरिकी संसद्का चार महिला सांसदले राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइको निन्दा गर्दै त्यसलाई खारेज गर्न माग गरेका छन् । ‘द स्क्वाड’ को नामले परिचित डेमोक्र्या्टिक पार्टीका प्रगतिशील धारका चार महिला नेतृले अमेरिकी जनतालाई भूलभुलैयामा नपार्न भन्दै राष्ट्रपति ट्रम्पको आलोचना गरेका हुन् । उनीहरुले सबैको ध्यान नीतिमा हुनुपर्ने र राष्ट्रपतिका शब्दमा दिन नहुनेसमेत बताए । नेतृहरु एलेक्सान्ड्रिया ओकासिओ–कोर्तेज, रशिदा तलाइब, एयाना प्रेसली र इहान ओमारले पत्रकार सम्मेलन गर्दै राष्ट्रपति ट्रम्पले गरेको ट्वीट भ्रामक र अराजकता सिर्जना गर्ने खालको भए बताए । राष्ट्रपति ट्रम्पले केही महिला सांसदप्रति लक्षित गर्दै उनीहरुलाई पुरानै मुलुकमा फर्कन भन्दै ट्वीट गरेपछि महिला नेतृहरु आक्रोसित भएका हुन् । राष्ट्रपतिले गरेको ट्वीटमा कुनै महिलाको नाम उल्लेख नभए पनि त्यो विशेष गरी चार जना डेमोक्र्याट महिला सांसदप्रति लक्षित रहेको बताइँदै आएको छ । राष्ट्रपतिको ट्वीटको अहिले तीव्र आलोचना भइरहेको छ ।

Share.

Leave A Reply