play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

विश्वका ८२ करोड मानिस भोकमरीको चपेटामा

0

असार, ३१ ।
लगातारको प्रयासका बाबजुद पनि विश्वमा भोकमरीको समस्या बढ्दै गएको संयुक्त राष्ट्रसंघको तथ्यांकले देखाएको छ । सन् २०१८ को तथ्यांक अनुसार विश्वमा ८२ करोड भन्दा बढी मानिस भोकमरीको चपेटामा परेको सोमबार सार्वजनिक भएको संयुक्त राष्ट्रसंघीय प्रतिवेदनमा उल्लेख छ । दशकौँदेखि भोकमरीको चपेटामा पर्नेहरुको संख्यामा लगातार कमी हुँदै आएकोमा पछिल्लो तीन वर्षयता बढ्न थालेको हो । अमेरिकाको न्युयोर्क स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सार्वजनिक भएको ‘द स्टेट अफ फुड सेक्युरिटी एण्ड न्युट्रिसन इन द वर्ल्ड २०१९’ अनुसार पछिल्लो तीन वर्षमा भोकमरीको औषत दरमा खासै परिवर्तन आएको छैन । हाल विश्वमा भोकमरीको दर ११ प्रतिशत भन्दा केही तल रहेको छ । तर सन् २०१७ को तुलनामा २०१८ मा कुल संख्यामा भने केही वृद्धि भएको छ । गएको वर्ष विश्वभर ८२ करोड १६ लाख मानिस भोकमरीमा परेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१७ मा यो संख्या ८१ करोड १७ लाख थियो । यस्तै सन् २०१६ मा ७९ करोड ६५ लाख र २०१५ मा ७८ करोड ५४ लाम मानिस भोकमरीबाट प्रभावित भएका थिए । सबैभन्दा बढी अफ्रिकी क्षेत्रमा भोकमरीको समस्या छ ।

Share.

Leave A Reply