play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

भारतीय दबाबपछि सप्तकोसीका ढोका बन्द, नेपालमा डुबानको खतरा बढ्यो

0

सप्तकोसीमा अहिलेसम्मकै उच्च बहावका कारण पूर्बी र मध्य तराईका बस्ती डुब्ने खतरा भइरहेका बेला भारतीय पक्षको दबाबपछि कोसी ब्यारेजका सबै ढोका बन्द गरिएका छन्।

नेपाली भूभागको बस्ती डुब्न लागेपछि आइतबार बिहान खोलिएको ५६ वटै ढोका भारतको बिहार डुबानमा परेको भन्दै भारतीय पक्षको दबाबपछि ३० वटा ढोका बन्द गरिएको छ। ढोका बन्द गरिएसंगै नेपालतर्फको बस्तीमा डुबान बढेको छ।

भारतले विहार बचाउनकै लागि सप्तकोसीमा व्यारेज बनाएको हो। बाधको बिषयमा भारतसँग विगतमा भएको सहमति अब पुनरावलोकन गर्नुपर्नेमा नागरिक समाजले जोड दिदै आएका छन्।

वर्षा निरन्तर जारी रहेकाले सप्तकोसीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ।

Share.

Leave A Reply