play_circle_outline On Air

मैसरिसुनाखरी

play_circle_outline On Air

मैसरिसुनाखरी

उपाधि जित्न इंग्ल्याण्डलाई २४२ रनको लक्ष्य

0

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा न्युजिल्याण्डले आयोजक इंग्ल्याण्डलाई जितका लागि २४० रनको मध्यम लक्ष्य दिएको छ ।

लण्डनस्थित लर्ड्स क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनायो ।

न्युजिल्याण्डको लागि हेनरी निकोलसले अर्धशतकीय इनिङ्स खेले । उनले ७७ बलमा ४ चौकासहित ५५ रन बनाए ।

यस्तै टम लाथम ४७ रनमा आउट हुँदा कप्तान केन विलियम्सन ३० रनमा आउट भए । मार्टिन गुप्टिल र जेम्स निशमले १९/१९ रन जोड्दा कोलिन डी ग्रान्डहोमले १६ रन जोडे ।

इंग्ल्याण्डका क्रिस वोक्स र लियाम प्लुन्केटले समान ३/३ विकेट लिए ।

आज दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।  दुवै टोलीले अहिलेसम्म उपाधि जित्न सकेको छैन । त्यसैले यस खेल जित्ने टोली विश्वकपको नयाँ च्याम्पियन बन्ने छ ।

Share.

Leave A Reply