play_circle_outline On Air

स्वुईट होम

play_circle_outline On Air

स्वुईट होम

अपडेट: बाढी पहिरोमा परी हालसम्म ६० जनाको मृत्यु,४८ काे सनाखत (नामसहित)

0

अविरल बर्षाका कारण आएको बाढी पहिरोमा परी आइतबार अपरान्ह सम्म ६० जनाको मृत्यु भएको छ ।प्रहरी प्रधान कार्यालयका अनुसार बाढी पहिरोमा परी मृत्यु हुनेमा ३६ पुरुष र २४ महिला रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हालसम्म बाढी पहिरोमा परेर २६ जना वेपत्ता भएका छन् । वेपत्ता हुनेमा पुरुष १४ र महिला १२ जना छन् । प्रहरी प्रधान कार्यालयको अपरान्ह साढे ४ बजेसम्मको आकडा अनुसार बाढी पहिरोका कारण ३८ जना घाइते भएका छन् ।

१ हजार ४ सय ४४ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।अविरल बर्षाले तराईमा डुवान र पहाडमा पहिरोले जनधनको क्षति भएको हो ।

४८ जनाको सनाखत

मृतकमध्ये ४८ को सनाखत मृत्यु भएका ६० मध्ये ४८ जनाको सनाखत भएको छ । राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालका अनुसार उद्धार तथा बेपत्ताको खोजी जारी रहेको र अहिलेसम्म ४८ मृतकको सनाखन भएको जानकारी दिए । प्राप्त विवरणअनुसार झापाको दमक नगरपालिका–१० की एलिजा न्यौपाने र झापाकै सौगात चापागार्इंको खोलाले बगाएर तथा भोजपुरका जगतबहादुर राई, जनक विक, मनकुमारी राई, शिवकुमार राई र शक्तिकुमार राईको पहिरोमा पुरिएर ज्यान गएको हो ।

इलामको चुलाचुलीका मानाहाङ लावतीको खोलाले बगाएर मृत्यु भएको छ भने ओखलढुङ्गाको चिसङखुगढी गाउँपालिका–४ का पासाङपुटी शेर्पा, सिद्धिचरण गाउँपालिका–६ का कान्छीमाया श्रेष्ठ, मोलुङ गाउँपालिका–७ का खपुटी शेर्पा र याङ्जी शेर्पाको बाढी–पहिरोमा परेर ज्यान गएको हो ।

यस्तै खोटाङको खोटेहाङ गाउँपालिकाका रेखा राई, रोमन राई र रोहन राई तथा सिराहा मिर्चैया नगरपालिका–४ का रागनीकुमारी महत्तो, रौतहट गौरका शिवमङ्गल राउत र उमेश राउत, दुर्गाभगवती गाउँपालिकाका वीरेन्द्र मिश्र, इसनाथ नगरपालिका–१ का हरेन्द्र राय यादवको पनि विपद्मा परेर मृत्यु भएको छ । पर्साको पर्सागढी नगरपालिका निखिल पटेल, बारा परवानीपुरका विकी यादव, कलैया उपमहानगरपालिकाका अजित सिंह, रामेछापका पदमकुमारी सुनुवार, सिन्धुलीको फिक्कल गाउँपालिकाका हेककुमारी सुनुवार, दुधौली नगरपालिका–४ का कार्बन कपाली, सुनिता पौडेल र सविता पौडेलको समेत मृत्यु भएको केन्द्रले जनाएको छ ।

काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–३ का गोमा दङ्गाल र सुहावी दङ्गाल तथा रोशी गाउँपालिकाका कृष्णदेवी रायमाझीको समेत मृत्यु भएको छ । काठमाडौँ मूलपानीमा शर्मिला यादव, नितु यादव, कुन्दन यादव, ललितपुरको वाग्मती गाउँपालिकाका सुरज जिम्बा र सीता रानामगर, महाङ्काल गाउँपालिकाका अविरल गोले तथा ललितपुरकै सन्दीप ल्हो, सानुमैयाँ ल्हो, कुसुन्तीका सुवेश बस्नेतको समेत मृत्यु भएको छ ।

मकवानपुरको कैलाश नगरपालिका सानुकान्छा सुनार, थाहा नगरपालिकाका सन्तमायाँ बलामी, इन्द्रसरोवरका सृष्टि डिमडुङ तथा धादिङ गजुरी गाउँपालिकाका अस्मिता तामाङ र बेनीघाटरोराङ गाउँपालिकाका राजकुमार ठकुरीको पनि विपद्मा परेर मृत्यु भएको छ । यस्तै पाल्पाको तिनाउ गाउँपालिका–३ का धनबहादुर सुनार, डोल्पाका धर्मराज बोहरा तथा दाङको बङ्गलाचुली गाउँपालिका–८ का भक्तसिंह बैजालीको पनि मृत्यु भएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको विवरणमा उल्लेख छ ।

Share.

Leave A Reply