play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

विदेशी मुद्राको भाउ बढ्यो

0

असार,२९ ।
आज शुक्रबारको तुलनामा विदेशी मुद्राको भाउ केही बढेको छ । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ६० पैसा र बिक्रीदर ११० रुपैयाँ २० पैसा तोकेको छ । शुक्रबार खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८१ पैसा तोकेको थियो ।

आज साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २२ पैसा र बिक्रीदर २९ रुपैयाँ ३८ पैसा छ । शुक्रबार खरिददर २९ रुपैयाँ १२ पैसा र बिक्रीदर २९ रुपैयाँ २८पैसा रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १० पैसा र बिक्रीदर ३० रुपैयाँ २७ पैसा छ । शुक्रबार खरिददर ३० रुपैयाँ र बिक्रीदर ३० रुपैयाँ १६ पैसा रहेको थियो ।

आज यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३० रुपैयाँ छ । शुक्रबार खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ९० पैसा रहेको थियो।

आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६५ पैसा र बिक्रीदर २६ रुपैयाँ ७९ पैसा छ । शुक्रबार खरिददर २६ रुपैयाँ ५४ पैसा र बिक्रीदर २६ रुपैयाँ ६८ पैसा थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा छ । हिजो खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६पैसा थियो ।

आज कुवेती दिनार १ को खरिददर ३६० रुपैयाँ १० पैसा र बिक्रीदर ३६२ रुपैयाँ ०७ पैसा छ । शुक्रबार खरिददर ३५८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६० रुपैयाँ ९३ पैसा थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर २९० रुपैयाँ ७१ पैसा र बिक्रीदर २९२ रुपैयाँ ३० पैसा छ । शुक्रबार खरिददर २९० रुपैयाँ २२ पैसा र बिक्रीदर २९१ रुपैयाँ ८१ पैसा रहेको थियो ।

Share.

Leave A Reply