चितवनमा पहिलो पटक कानुन विषय पढाई हुने

0

चितवन,असार, २८ ।
चितवनमा पहिलो पटक कानुन विषय पढाई हुने भएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर २१ मा रहेको भानु माध्यमिक विद्यालय पहारिलोटारले कक्षा ११ मा चालु शैक्षिक सत्रबाट कानुन विषयको पढाई सुरु हुने भएको हो । बिद्यार्थी अभिभावक र समयको माग अनुसार कानुन विषयको अध्ययन सुरु गर्न लागिएको विद्यालयका प्रधानाध्यापक विकास थापाले शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएका छन् । उनका अनुसार १०० जना विद्यिार्थी विद्यालयले कानुन विषय पढाउने लक्ष्य राखेको छ ।
कक्षा ११÷१२ मा शिक्षा विषय र १८ महिने प्राविधिक शिक्षा पढाई गर्दै आएको विद्यालयले यस वर्ष बाट कानुन विषयको समेत पढाई सुरु गरिन लागेको विद्यालय संञ्चालक समितिका अध्यक्ष दिलिप न्यौपानेले बताए । उनले नयाँपुस्ताका युवाहरुलाई कानुनको धेरै जानकारी नभएकाले कानुनको पढाई सुरु गर्न लागिएको बताए। उनले चितवनमानै पहिलो पटक कानुन विषयको पढाई आफ्नो विद्यालयले सञ्चालन गर्न लागेको दावी गरे । यस विद्यालय चितवनको सदरमुकाम भरतपुर देखि १७ कि.मि. को दुरीमा पर्छ । कानून विषय अध्ययन गर्नको लागि एसईईमा न्यूनतम १ दशमलब ६ जिपिए ल्याउनु पर्नेछ । कलेजले कानुन विषय अध्ययनरत विद्यार्थीको लागि २ हजार ४ सय ५० मासिक शुल्क र नौ हजार ५ सय भर्ना शुल्क तोकेको छ । विद्यालयमा हाल सम्म चितवन सहित सुर्खेत, उदयपुर र सलाहि, नवलपुर लगाएतका जिल्लाबाट १९ जना विद्यार्थी भर्ना भईसकेका छन् । बिद्यालयले साउन ५ गतेबाट नियमित पठ्नपाठन सुरु हुने जानकारी दिएको छ भने जिल्ला भित्रका बिद्यार्थी हरुलाई यातायातको व्यबस्था समेत गर्ने जनाइएको छ ।
फोटो छ

Share.

Leave A Reply