play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

मकवानपुरमा खोलाले बगाउदा एक जनाको मृत्यु

0

मकवानपुर,असार,२८ ।
मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–१०, मा खोलाले बगाएर एक जनाको ज्यान गएको छ । डर खोला तर्ने क्रममा हिजोबाट बेपत्ता भएका स्थानीय सानुकान्छा सुनारको शव आज बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । खोलाले बगाएर हिजोेखि बेपत्ता भएका सुनारलाई बगाएको स्थानबाट दुई सय मिटर तल फेला पारिएको प्रहरीले जनाएको छ । यसैगरी मकवानपुरको कैलाश गाउँपालिका–५, कालीखोलामा पहिरोले पुरिएकी ५५ वर्षीया तारामाया पाख्रिनको ७ घण्टापछि उद्धार गरिएको छ । आज दिउँसो १२ बजे पहिरोमा पुरिएकी तारामायालाई स्थानीय युवाले साँझ ७ बजे उद्धार गरेको वडाध्यक्ष छेकु लामाले जानकारी दिनुभयो । गम्भीर घाइते अवस्थामा उद्धार गरिएकी तारामायालाई उपचारको अस्पताल लगिएकोे लामाले बताउनुभयो । उहाँको खुट्टा भाँच्चिएको छ भने शरीरका अन्य भागहरुमा चोटपटक छ ।

Share.

Leave A Reply