play_circle_outline On Air

र्यापिड फाएर

play_circle_outline On Air

र्यापिड फाएर

त्रिशूलीमा ट्रक खस्दा १ जना बेपत्ता,१ घाईते

0

चितवन,असार,२८ ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट एउटा ट्रक त्रिशूली नदीमा खसेको छ । दुर्घटनामा ट्रकका सहचालक बेपत्ता भएका छन् भने चालक घाइते भएका छन् । आज बिहान साँढे १ बजेको समयमा भैरहबाबाट दाना बोकेर काठमाडौँ जाँदै गरेको ना४ख १७९६ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । ट्रकका सहचालक दाङ घोराही बस्ने २५ वर्षीय अनिल गुरुङ बेपत्ता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । गाडीका चालक ललितपुर बस्ने ४६ वर्षीय माधव थापामगर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ट्रक पूरै पानीमा डुबेको र नदीमा बाढी आएका कारण उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । रासस

Share.

Leave A Reply