राप्ती नदीको बहाब बढ्दै,सौराहा क्षेत्रमा बाढीको त्रास

0

चितवन, असार, २७ ।
राप्ती नदीको बहाब बढ्दै गएपछि चितवनको पर्यटकीय क्षेत्र सौराहामा त्रास फैलिएको छ । लगातार भइरहेको वर्षाले राप्तीको बहाब बढ्न थालेपछि सौराहाका रेष्टुरेन्ट व्यवसायीमा त्रास फैलिएको छ । राप्ती किनारमा रहेका रेष्टुरेण्टको सबै सामग्रीहरु सुरक्षित स्थान तर्फ लैजान थालिएको छ । रेष्टुरेण्ट तथा बार एशोसियसन (रेवानं) सौराहाका अध्यक्ष गोकर्ण गिरीले बाढी पस्न सक्ने संभावनालाई ध्यानमा राखेर राप्ती किनारमा रहेका रेष्टुरेण्टका सामग्रीहरु सुरक्षित स्थानमा सारिएको बताए । दुई वर्षअघि आएको बाढीले सौराहा क्षेत्र डुबानमा परेको थियो ।

Share.

Leave A Reply