play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

त्रिभुवन विमानस्थलमा यती एयरलाइन्सको विमान धावनमार्गबाट चिप्लिदा ,दुई जना घाइते

0

असार,२७ ।
काठमाडौंको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा यती एयरलाइन्सको विमान धावनमार्गबाट चिप्लिँदा दुई जना घाइते भएका छन् । नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको एटीआर विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको हो । विमानमा सवार यात्रुमध्ये २ जना घाइते भएको र उनीहरुको उद्धार गरी काठमाडौं मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ । विमानस्थल प्रवक्ता प्रतापबाबु तिवारीले आपतकालिन संयन्त्रलाई सुचारु गरेर उद्धार गरिएको बताए । विमान चिप्लिएसँगै अहिले अन्तर्रा्ष्ट्रिय विमानस्थल केही समयका लागि बन्द गरिएको छ ।

Share.

Leave A Reply