play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

सडक कर संकलन केन्द्र हटाउन माग गर्दै गैंँडाकोटबासी आन्दोलित

0

गैंडाकोट, असार,२७ ।
नवलपुरको गैंडाकोटमा रहेको सडक कर संकलन केन्द्र हटाउन माग गर्दै स्थानीयबासी आन्दोलित बनेका छन् । एउटै नगरपालिकाका बासिन्दा आवातजावतमा अनाधिकृत रुपमा सडक दस्तुर तिर्नु परेको भन्दै बिरोध गरेका हुन् । उनीहरुले बिरोध स्वरुप आज बिहान एक घण्टा चक्का जाम समेत गरेका छन् । यस्तै स्थानीयबासीहरुले गैंडाकोट नगरपालिका–११ का वडाअध्यक्ष गोविन्द सुवेदीको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति समेत गठन गरेको छ । सो संघर्ष समितिको सदस्यहरुमा वडा नंं ५ का वडाअध्यक्ष नवराज कँडेल, वडा नं. १२ का वडाअध्यक्ष थीरबहादुर थनेत, वडा नंं १६ का अध्यक्ष गोवद्र्धन ज्ञवालीलगायतका रहेका छन् । एउटै नगरबासी भएपनि नगरपालिका पुग्न कर तिर्नुपर्ने अवस्था आएको भन्दै स्थानीयले बिरोध जनाएका हुन् ।

Share.

Leave A Reply