play_circle_outline On Air

स्वुईट होम

play_circle_outline On Air

स्वुईट होम

वर्षाका कारण घर भत्किँदा काभ्रेमा एकै परिवारका २ को मृत्यु

0

असार,२७ ।
अविरल वर्षाका कारण घर भत्किँदा काभ्रे बनेपा नगरपालिका ३ नालामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षकी गोमा दंगाल र ७ वर्षीया सोहनी दंगालको मृत्यु भएको हो । उनीहरु हजुरआमा नातिनी हुन । घटनामा परिवारका अरु ३ जना घाइते भएको काभ्रेका एसपी जयराम सापकोटाले बताए । घरमाथिबाट खसेको पहिरोले घरमा क्षति पुगेको हो । यस्तै, रामेछाप नगरपालिका – ५ रामपुरमा शुक्रबार बिहान गोठ भत्किँदा एक जना महिलाको ज्यान गएको छ । वर्षाका कारण गोठमा भल पसेपछि गोठ भत्किँदा रामेछाप नगरपालिका –५ रामपुरकी ७१ वर्षीय पदमकुमारी सुनुवारका ज्यान गएको हो । गोठ भत्किँदा गोठमा रहेका दुई वटा भैँसी समेत मरेका छन् ।

Share.

Leave A Reply