play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

सल्यानमा जंगली च्याउ खाँदा एकै घरका पाँच बिरामी

0

असार,२७ ।
सल्यान जिल्लाको दार्मा गाउँपालिका – २ लिघाछापमा जंगली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी भएका छन । लिघाछापका ५५ वर्षिय कालो कामी श्रीमती ६० वर्षिया पौकली कामी, बुहारी २१ वर्षीया निर्मला विक रहेका छन् । यस्तै ११ वर्षीया नातिनी लक्ष्मी विक र २ वर्षीया संरचना विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शुक्रबार बिहान च्याउ खाएका उनीहरू अकस्मात बिरामी भएपछि सल्यान अस्पताल ल्याइएको थियो । उनीहरुको अवस्था अहिले सामान्य रहेको सल्यान अस्पताल सल्यानका प्रमुख डा. अजुर्न बुढाले बताए ।

Share.

Leave A Reply