play_circle_outline On Air

मैसरिसुनाखरी

play_circle_outline On Air

मैसरिसुनाखरी

स्ट्रारकोवालाई पराजित गर्दै सेरेना विम्बल्डन टेनिसको फाईनलमा

0

असार २७ ।
सेरेना विलियम्स विम्बल्डन टेनिसको फाईनलमा प्रवेश गरेकी छिन् । बिहिबार राति भएको सेमिफाईनलको खेलमा बारबोरा स्ट्रारकोवालाई पराजित गर्दै सेरेना कीर्तिमानी २४ औ ग्राण्डस्लामको उपाधि नजिक पुगेकी छिन् । उनले उपाधिका लागि अब सिमोना हालेपसंग प्रतिस्पर्धा गर्ने्छिन् । युक्रेनकी एलिना स्वीटोलिनालाई पराजित गर्दै हालेपले पनि फाईनलमा स्थान सुरक्षित गरेकी थिईन् । अमेरिकी खेलाडी सेरेनाले सहज जित निकाल्ने क्रममा चेक खेलाडीलाई ६–१ र ६–२ को सेटमा पराजित गरिन् । ३७ बर्षकी विलियम्सले युवा उमेरकी सेरेनालाई उछिन्ने प्रयास गरिन् । जसले उनलाई सबै भन्दा पुराना ग्राण्डस्लाम महिला एकलको फाईनलमा पु¥याएको छ । उनले जितका लागि मात्र ५९ मिनेटको समय लगाईन् ।

Share.

Leave A Reply