play_circle_outline On Air

र्यापिड फाएर

play_circle_outline On Air

र्यापिड फाएर

आफ्ना पानीजहाजलाई तीव्र गतिमा अघि बढ्न बेलाएतको सुझाव

0

असार, २७ ।
बेलायतले आफ्नो देशको ध्वजावाहक पानीजहाजलाई खाडी क्षेत्रबाट अघि बढ्दा सुरक्षा सावधानी अपनाउन निर्देशन दिएको छ । इरानका तीन वटा जहाजले बेलायतको एक तेल ट्यांकरलाई बाटो छेक्न खोजेको सार्वजनिक भएपछि बेलायतले सावधानी अपनाउन पानीजहाजहरुलाई निर्देशन दिएको हो । बेलायतको यातायात मन्त्रालयले आफ्ना पानीजहाजलाई तीव्र गतिमा अघि बढ्न सुझाव दिएको हो । बेलायती सरकारका प्रवक्ताले इरानले गरेको व्यवहार अन्तर्रा्ष्ट्रिय कानुनविपरीत भएको बताएका छन् । इरानका पानीजहाजले खाडी क्षेत्रमा बेलायती तेल ट्यांकरलाई रोक्ने प्रयास गरेको भन्दै बेलायती प्रधानमन्त्रीका सल्लाहकारले उक्त क्षेत्रमा जारी तनाव कम गर्न आग्रह गरेका छन् ।तीन वटा इरानी पानीजहाज तथा बेलायती ट्यांकरका बीचमा बेलायती नौसैनिक पानीजहाज एचएमएस मन्ट्रोज पसेपछि इरानी जहाजलाई मौखिक चेतावनी दिनुपरेको रक्षा मन्त्रालयले जनाएको छ ।

Share.

Leave A Reply