play_circle_outline On Air

स्वुईट होम

play_circle_outline On Air

स्वुईट होम

घरघरमा तुलसी सारेर हरिशयनी एकादशी मनाइँदै

0

असार,२७ ।
घरघरमा तुलसी सारेर शुक्रबार हरिशयनी एकादशी मनाइँदै छ । एक महिनाअघि जेष्ठ शुक्ल एकादशीमा छरिएको तुलसीको बीउ तयार भई यसैदिन रोप्नुपर्ने मान्यता छ । यो एकादशीलाई देवशयनी एकादशी पनि भनिन्छ। वैष्णव धर्मअनुसार यो दिनदेखि चतुर्मास आरम्भ हुन्छ । पौराणिक ग्रन्थहरूका अनुसार यो दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्छन्। यो अवधि चार महिनाको हुने भएकोले चतुर्मास भनिएको हो । धार्मिक एवं ज्योतिषीय मान्यताका आधारमा चतुर्मासभर विवाह, व्रतबन्ध, प्रतिष्ठा, जस्ता मांगलिक कार्य गर्नु हुँदैन । यो अवधिभर तुलसीको पूजा गर्ने भागवत आदि विष्णु माहत्म्यका ग्रन्थहरू पाठ गर्ने परम्परा छ । यद्यपि सूर्य दक्षिणायान रहँदा सामान्यतया मांगलिक कार्य गरिँदैनन्। यसरी आँगनको मठमा रोपिएको तुलसीलाई भगवान् विष्णु वा उनको प्रियाको रूपमा पूजा गर्ने परम्परा छ ।

Share.

Leave A Reply