play_circle_outline On Air

र्यापिड फाएर

play_circle_outline On Air

र्यापिड फाएर

देशका अधिकांश स्थानमा बिहानैदेखि वर्षा, नाराययाणी नदिमा पानिको बहाब बढ्दो

0

चितवन ,असार,२७ ।
देशका अधिकांश स्थानमा आज पनि बिहानैदेखि वर्षा भइरहेको छ । कतिपय स्थानमा आज भारी वर्षा हुनसक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । मनसुनी न्यूनचापीय रेखा र मध्य तथा पूर्वी भागमा बनेको न्यूनचापीय क्षेत्रका कारण केही भूभागमा ठूलो वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ । अहिले पनि देशभर लगातार मनसुनी वर्षा भइरहेको छ । यही रेखाका कारण आज देशैभर बदली भई ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका पश्चिमी भूभागका केही ठाउँ, मध्य र पूर्वका धेरै ठाउँमा वर्षा हुने र केही स्थानमा अति ठूलो वर्षा हुने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । आज राति पनि पूर्ण बदलीको सम्भावना रहेकाले पानी पर्न नरोकिने महाशाखाले जनाएको छ । यस्तै, पानीसँगै हावाहुरी पनि चल्ने भएकाले थप सतर्कता अपनाउन मौसमविद्हरुको आग्रह छ ।
यस्तै, चितवन र नवलपरासी क्षेत्रमा दिनभर पानी पर्ने महाशाखाले जनाएको छ । नाराययाणी नदिमा पानिको बहाब बढ्दो अवस्थामा रहेकाले सचेत हुन समेत आग्रह गरिएको छ । मनसुनी न्यूनचापीय रेखा र मध्य तथा पूर्वी भागमा बनेको न्यूनचापीय क्षेत्रका कारण केही भूभागमा ठूलो वर्षा हुने सम्भावना देखिएको महाशाखाकी मौसमविद् विभुति पोखरेलले बताउनुभयो । उहाँका अनुसार शुक्रबार देशैभर बदली हुने र धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । यस्तै, पानीसँगै हावाहुरी पनि चल्ने भएकाले थप सतर्कता अपनाउन मौसमविदको आग्रह छ ।

Share.

Leave A Reply