play_circle_outline On Air

स्वुईट होम

play_circle_outline On Air

स्वुईट होम

बाढीले बगाउदा रौतहट र मोरङमा मोटरसाइकलमा सवार २ व्यक्ति बेपत्ता

0

रौतहट,असार,२७ ।
लगातारको वर्षाका कारण नदीमा आएको बाढीमा बगेर रौतहटमा एक जना बेपत्ता भएका छन् । लाल बकैया नदीमा आएको बाढीमा बगेर इशनाथ नगरपालिका–३ औरैयाका ३५ वर्षीय रामपुकार पटेल बेपत्ता भएका प्रहरीले जनाएको छ । भारतबाट मोटरसाइकलसहित आउँदै गर्दा नदीमा झरेर उनी बेपत्ता भएका प्रहरीको भनाई छ । खोलामा डुबेको स्थानबाट पटेल चढेको बिआर५५ए ४१३८ नम्बरको मोटरसाइकल केही समयपछि फेला पारिएको छ । बेपत्ता रहेका पटेलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसैबिच, मोरङको रंगेलीमा गेउरिया खोलाले डाइभर्सन बगाएको छ । अविरल वर्षाको कारण बाढीले डाइभर्सन बगाएपछि सवारी आवागमन बन्द भएको छ । बिहीबार साँझ डाइभर्सनसँगै मोटरसाइकलमा रहेका एक व्यक्तिलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । खोलाले बगाएर बेपत्ता भएका व्यक्तिको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । बेपत्ता भएका ब्यक्तिको पहिचान भएको छैन । लगातारको वर्षाका कारण सिँगिया र बक्राहा खोला आसपासको सुकुम्बासी बस्तीका १ सय ५० भन्दा बढी मानिस विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा सार्ने काम भैरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Share.

Leave A Reply