play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

विराटनगर बजार जलमग्न, रंगशाला डुबेपछि खेल सारियो

0

६ असार, विराटनगर ।

तीन दिनदेखि लगातार परेको वर्षाका कारण विराटनगर जलमग्न बनेको छ । विराटनगर बजार क्षेत्रमा परेको पानी निकास हुने नाला भत्किएका कारण बजार क्षेत्र जलमग्न बनेको हो ।

परेको पानी निकाश नहुँदा विराटनगरको कोशी अञ्चल अस्पतालको प्रवेशद्वार जलमग्न छ । पानीकै कारण विराटनगरमा हुने भनिएको मुख्यमन्त्री कप पनि धरान सारिएको छ । मुख्यमन्त्री कप आज बिहीबारदेखि सुरु गर्ने कार्यतालिका थियो । तर उद्घाटन खेल हुने विराटनगर शहीद रंगशाला पानीले डुबेपछि प्रतियोगिता धरानमा सारिएको हो ।

वर्षाका कारण विराटनगरको मुख्य बजार क्षेत्र जलमग्न बनेको छ । विराटनगरमा क्षेत्रीय सहरी विकास परियोजना अन्तर्गत ढल नाला तथा सडक निर्माणको काम भइरहेको छ । परियोजनाको काम सञ्चालन गर्दा निकाश नाला क्लियर नहुँदा बजार क्षेत्र जलमग्न भएको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली विराटनगर दरैया क्षेत्र बढी डुबानमा परेको बताउँछन् । उनका अनुसार विराटनगररको उत्तरी क्षेत्रमा भन्दा दक्षिणी क्षेत्र बढी डुबानमा परेको छ ।

Share.

Leave A Reply