play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

१४ वर्षीया छोरी बलात्कार आरोपमा बाबु पक्राउ

0

कञ्चनपुर, असार २६ गते । कञ्चनपुरको पुनर्वास नगरपालिका १ का ३९ वर्षीय व्यक्तिले आफ्नै १४ वर्षीया छोरीको बलात्कार गरेका छन्। छोरीलाई बलात्कार गरेको आफैँले बनाएको भिडियो सार्वजनिक भएपछि बलात्कार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो। मंगलबार राति आफ्नै जेठी छोरीलाई बलात्कार गरेको भिडियो बनाएको र कान्छी छोरीले सो भिडियो देखेपछि आमालाई खबर गरेकी थिइन। त्यसपछि घरमा झगडा हुन थालेपछि वास्तविकता छिमेकीले थाहा पाएका हुन्। छिमेकीले नै प्रहरीलाई खबर गरी बलात्कारीलाई पक्राउ गराएका छन्। बलात्कारको आरोपित बाबु र बलात्कृत छोरीको सेती अञ्चल अस्पताल धनगढीमा बिहीबार मेडिकल चेकजाँच गरिएको छ। बलात्कारका आरोपितमाथि अनुसन्धानको कार्य भइरहेको इप्रका त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक भूपाल सिंह थापले बताए।

Share.

Leave A Reply