play_circle_outline On Air

र्यापिड फाएर

play_circle_outline On Air

र्यापिड फाएर

विद्युत प्राधिकरणका कर्मचारी घुससहित रंगेहात पक्राउ

0

 

काठमाण्डौं, असार २६ गते । नेपाल विद्युत प्राधिकरणका कर्मचारी घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।

प्राधिकरणको लगनखेल, ललितपुर वितरण केन्द्रका फोरमेन अविलाल विष्ट ५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

विष्टले घरमा नयाँ मिटर जडान गर्न भन्दै निवेदन दिएका सेवाग्राहीबाट घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले विष्टलाई घुस लिइसकेको अवस्थामा लगनखेलस्थित यु एण्ड वी फास्ट फूडबाट नियन्त्रणमा लिएको हो ।

Share.

Leave A Reply