play_circle_outline On Air

युट्युब डट कम

play_circle_outline On Air

युट्युब डट कम

स्थगित भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम शुरु हुने

0

 

चितवन, असार २६ गते । निर्माण कार्य स्थगित भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम शुरु हुने भएको छ । बिहीबार धुर्मुस–सुन्तली फाउण्डेसनले प्रेस विज्ञप्ति जारी गरी रंगशाला निर्माणको काम अघि बढाउने जानकारी दिएको हो ।

विज्ञप्तिमा चिवनवासीले आगामी दिनमा रंगशाला निर्माणमा रुकावट नहुने प्रतिबद्धता जनाएपछि कामलाई निरन्तर अगाडि बढाउन लागिएको सिताराम कट्टेलले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘हामी स्थगित भएको निर्माण कार्यलाई सुचारु गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्यमा आ(आफ्नो स्थान र क्षेत्रबाट ऐक्यबद्ध भइदिनुहुन अपिल गर्दछौँ ।’

‘हरेक काम समयमा नै कम लागत तथा पारदर्शी ढङ्गबाट हुनुपर्छ भन्ने कुरामा हामी सदैव सजग र सतर्क छौँ,’ उनले भने,‘जे नहुनु थियो भयो । त्यस गल्तीलाई सच्याउन त नसकिएला तर नदोहोरियोस् भन्ने कामना गर्दछौं, हामीलाई विश्वास छ त्यस्तो वातावरण फेरि नदोहोरिनेमा चितवन जिल्लावासीहरु समेत सजग भई प्रतिबद्ध रहनुहुनेछ ।’

स्थानिय बासिन्दाले रंगशालाको तारबारमाथि डोजर चलाएपछि फाउण्डेसनले गत जेठ १५ गतेदेखि रंगशाला निर्माणको काम बन्द गरेको थियो ।

Share.

Leave A Reply