play_circle_outline On Air

आजको दिन

play_circle_outline On Air

आजको दिन

विश्वकप क्रिकेटमा इंग्ल्यान्डद्धारा भारत सामु २४० रनको लक्ष्य

0

असार,२५ ।
इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डले भारतलाई जितका लागि २४० रनको लक्ष्य दिएको छ । म्यानचेस्टरमा वर्षाले प्रभावित गरेपछि दुई दिन भएको सेमिफाइनलमा न्युजिल्याण्डले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २३९ रन बनायो ।

न्युजिल्याण्डका लागि रोस टेलर र कप्तान केन विलियम्सनले अर्धशतकीय इनिङ्स खेले । टेलरले ७४ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विलियम्सनले ६७ रन बनाए ।

भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए । जस्प्रित बुम्राह, हार्दिक पाण्ड्या, रबिन्द्र जडेजा, युजभेन्द्र चहालले समान १र१ विकेट हात पारे ।

यसअघि मंगलबार भएको खेलमा न्युजिल्याण्डले ब्याटिङ गरिरहदा खेल वर्षाले स्थगित भएको थियो । ओल्ड ट्राफोर्डमा वर्षाले खेल रोकिनु अघि न्युजिल्याण्डले ४६ ओभर १ बलमा ५ विकेट गुमाएर २११ रन बनाएको थियो । दोस्रो दिन न्युजिल्याण्डले थप २८ रन जोड्दा ३ विकेट गुमाएको थियो ।

Share.

Leave A Reply