play_circle_outline On Air

र्यापिड फाएर

play_circle_outline On Air

र्यापिड फाएर

विश्वकप क्रिकेटमा भारत र न्युजिल्याण्डबीचको खेल पुनः सुरु

0

असार,२५ ।
इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत स्थगित भएको पहिलो सेमिफाइनल खेल पुनः सुरु भएको छ । म्यानचेस्टरमा वर्षाले प्रभावित गरेपछि हिजो न्युजिल्याण्डले ब्याटिङ गरिरहदा खेल स्थगित भएको थियो । वर्षाले रोकिएको खेल रिजर्भ डेको दिन आज पुनः खेलाइएको हो । ओल्ड ट्राफोर्डमा वर्षाले खेल रोकिनु अघि पहिले ब्याटिङ गरिरहेको न्युजिल्याण्डले ४६ ओभर १ बलमा ५ विकेट गुमाएर २११ रन बनाएको थियो र, न्युजिल्याण्डले यहि स्थितिबाट ब्याटिङ सुरु गरेको छ । विश्वकपको पहिलो सेमिफाइनल खेलिरहेका यी दुई राष्ट्रबीचको विजेताले फाइनलमा स्थान बनाउने छन् । यस अघि भारत विश्वकपको २ पटकको विजेता हो भने न्युजिल्याण्ड गत संस्करणको फाइनलमा अस्ट्रेलियासंग पराजित भएको थियो ।

Share.

Leave A Reply