play_circle_outline On Air

युट्युब डट कम

play_circle_outline On Air

युट्युब डट कम

यमनमा जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको सजाय

0

असार, २५ ।
विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानास्थित एक अदालतले साउदी गठबन्धनका निम्ति जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला गरेको छ । मृत्युदण्डको सजाय सुनाइएकाहरुमा इस्लाहा पार्टीसँग आबद्ध रहेका प्राज्ञहरु, प्राध्यापकहरु र विद्यार्थी रहेका छन् । यमनमा यो समूहलाई मुस्लिम ब्रदरहुडको नामले चिनिन्छ । यी व्यक्तिलाई सन् २०१६ मा हुथी विद्रोहीको सुरक्षा अभियानका क्रममा पक्राउ गरिएको थियो । नाम नबताउने शर्तमा एक अधिकारीले अदालतको आदेशका विरुद्ध अपिल गरिने बताएको अन्तर्रा्ष्ट्रि सञ्चार माध्यमले जनाएका छन् । एम्नेस्टी इन्टरनेशनलले अदालतको आदेश कानुनको उपहास भएको जनाउँदै गिरफ्तारीमा परेका सबैलाई तत्काल रिहा गर्न हुथी विद्रोहीसँग आग्रह गरेको छ ।

Share.

Leave A Reply