play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

पाकिस्तानमा एक पत्रकारको गोली हानी हत्या

0

असार,२५ ।
पाकिस्तानमा एक पत्रकारको गोली हानी हत्या भएको छ । कराचीको स्थानीय क्याफे अगाडि हिजो साँझ पत्रकार मुरीद अब्बासको गोली हानी हत्या भएको पाकिस्तानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । हत्यापछि आरोपीलाई गिरफ्तार गर्न प्रहरी जाँदा उनले आफै माथि पनि गोली प्रहार गरेका छन् । गम्भीर रहेका उनको उपचार भइरहेको छ । पत्रकार अब्बास ‘बोल न्यूज’ मा कार्यरत थिए । आक्रमणकारीको नाम आतिफ जमा रहेको जनाइएको छ । जियो न्यूजका अनुसार उनले एक सेतो कारको भित्रबाट गोली प्रहार गरेका थिए । न्यूज एजेन्सी एएनआईका अनुसार पत्रकार अब्बाससँगै रहेका उनका साथी खैजर हयातलाई पनि गोली लागेको छ ।

Share.

Leave A Reply