play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

बर्षाले प्रभावित बनेको भारत र न्युजिल्याण्ड बीचको बाँकी खेल आज

0

असार,२५ ।
आईसीसी विश्वकप क्रिकेटमा बर्षाले प्रभावित बनेको पहिलो सेमिफाइनलको भारत र न्युजिल्याडबीचको बाँकी खेल आज हुने भएको छ । बर्षाका कारण ४६ दशमवल १ ओभरमा रोकिएको खेल ‘रिजर्व डे’ का अनुसार आज खेलाउन लागिएको हो । न्युजिल्याण्डले ४६ दशमलव १ ओभरबाट बाँकी खेल खेल्नेछ । म्यानचेष्टरको ओल्डट्राफोर्डमा करिब साढे चार घण्टा बर्षा भएपछि न्युजिल्याण्डको ईनिङ्स पुरा गर्न पाएन । खेल रोकिनु अघि न्युजिल्याण्डले ४६ दशमलव १ ओभरमा ५ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । बर्षा नरोकिएपछि अम्पायरले बाँकी खेल रिजर्व डे अर्थात आज हुने निर्णय गरेका थिए । न्युजिल्याण्डले ४६ दशमलव १ ओभरमा रहेर ब्याटिङ गर्नेछ । म्यानचेष्टरमा आज समेत ६५ प्रतिशत बर्षाको सम्भावना छ । खेल हुन नसकेको अवस्थामा भारत अंकका आधारमा फाईनल पुग्नेछ । ओल्ड ट्राफोर्डमा वर्षाले खेल रोकिनु अघि पहिले ब्याटिङ गरिरहेको न्युजिल्याण्डले ४६ ओभर १ बलमा ५ विकेट गुमाएर २११ रन बनाएको थियो । विश्वकपको पहिलो सेमिफाइनल खेलिरहेका यी दुई राष्ट्रबीचको विजेताले फाइनलमा स्थान बनाउने छन् ।

Share.

Leave A Reply