play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

निशुल्क दन्त शिविर

0

चितवन,असार, २४ ।
भरतपुर महानगरपालिका वडा न १५ मंगलपुरमा रहेको विश्व प्रकाश उच्च माविमा मंगलवार निशुल्क दन्त शिविर सम्पन्न भएको छ । मिसेस चितवन २०१९ को पहिलो रनअर अफ तथा विश्व प्रकाश उच्च माविकी पूर्व विद्यार्थी प्रभा अधिकारी र किङ्स डेन्टल केयर सेन्टरको संयुक्त आयोजनामा दन्त शिविर सम्पन्न भएको हो ।

शिविरमा विद्यार्थी, शिक्षक, शिक्षीकाहरुको दन्त परिक्षण गरीएको थियो । शिविरमा २५० जनाको निशुल्क दन्त परिक्षण गरिएको विश्व प्रकाश उच्च माविकी पूर्व विद्यार्थी प्रभा अधिकारीले जानकारी दिईन । शिविरमा डा.अभिषेक शर्मा,राजेन्द्र पौडेल लगाएत २० जनाको चिकित्सकको टोलीले दन्त परिक्षण गरेका थिए । साथै शिविरमा टुथपेष्ट र ब्रस निशुल्क रुपमा बितरण गरीएको थियो ।

Share.

Leave A Reply