भारतको लखनउबाट दिल्ली गइरहेको बस दुर्घटना, २९ जनाको मृत्यु

0

असार २३ ।
भारतको उत्तरप्रदेशस्थित यमुना एक्सप्रेसवेमा आज बिहानै एउटा बस दुर्घटनामा परेको छ । बिहान साढे ४ बजे अनियन्त्रित भएर एउटा यात्रु बस नालीमा खस्दा कम्तीमा पनि २९ जनाको ज्यान गएको छ । यो दुर्घटनामा कम्तीमा पनि २० यात्रु घाइते भएका छन । घाइतेहरूको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यो दुर्घटना आगराबाट ३१ किमी टाढा चौगान गाउँ नजिकै भएको हो । आगराका एसएसपी बबलु कुमारका अनुसार युपी रोडवेजको ’जनरथ सेवा’ बस लखनऊबाट दिल्ली जाने क्रममा दुर्घटनामा परेको हो । हालसम्म दुर्घटनास्थलबाट २९ जनाको शव निकालिएको छ । आगराका जिल्ला प्रमुख रवि कुमारका अनुसार मृतकको संख्या बढ्न सक्नेछ ।

Share.

Leave A Reply