play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

फ्रान्स र इरान आणविक सम्झौता बारे वार्ता गर्दै

0

असार, २२ ।
फ्रान्स र इरानबीच विश्व शक्ति राष्ट्र र तेहेरानबीच भएको आणविक सम्झौता बचाइराख्न फेरि वार्ता शुरु गर्ने सहमति भएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रों र उनका इरानी समकक्षी हसन रुहानीबीच भएको टेलिफोन कुराकानीमा यस्तो सहमति भएको हो । फ्रान्सका राष्ट्रपति म्याक्रोंले सन् २०१५ को उक्त सम्झौता छोड्दा उत्पन्न हुने परिणामबारे गंभिर चासो व्यक्त भएको बताए । इरानी राष्ट्रपति रुहानीले तेहेरानको आणविक कार्यक्रमलाई आणविक सम्झौतालाई बचाइ राख्न युरोपेली मुलुकले तत्काल कदम चाल्न आग्रह गरेका छन् । यसअघि रुहानीले बेलायत, फ्रान्स, जर्मनी, चीन र रुसलाई अमेरिकी प्रतिबन्धबाट बचाउने प्रतिबद्धता पूरा गर्न आजसम्मको समय दिएका थिए । राष्ट्रपति म्याक्रोंले इरान र अन्तर्रा्ष्ट्रिय साझेदारसंग नियमित छलफल गरि तनाब घटाउने प्रयास जारी जनाइएको छ ।

Share.

Leave A Reply