play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

राहुलले फेरे ट्वीटरको बायो

0

एजेन्सी, असार १९ गते । भारतको विपक्षी कांग्रेस पार्टीको अध्यक्षको पदबाट राजीनामा दिएका राहुल गान्धीले ट्वीटर प्रोफाइल फेरेका छन् ।

गान्धीले यसअघि ट्वीटरको बायोमा कांग्रेसको अध्यक्ष लेखेकोमा त्यसलाई फेरेर ‘कांग्रेसको सदस्य’ मात्र लेखेका छन् । ट्वीटरको उनको बायोमा ‘यो राहुल गान्धीको आधिकारिक अकाउण्ट हो । भारतीय राष्ट्रिय कांग्रेसका सदस्य । सांसद ।’ लेखिएको छ ।

गान्धीले बुधबारमात्र कांग्रेस पार्टीको अध्यक्षबाट राजीनामा दिएका थिए । पछिल्लो आम निर्वाचनमा पार्टीको लज्जास्पद पराजयको जिम्मेवारी लिँदै राजीनामा दिएको गान्धीको भनाइ छ ।

यसअघि गत अप्रिल र मे महिनामा भएको आम निर्वाचनमा केबल ५२ सिट जितेको कांग्रेस पार्टीको अध्यक्षको पदबाट गान्धीले निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै राजीनामा दिने मनशाय देखाएपनि पार्टीभित्रैको दबाबका कारण उनले राजीनामा दिएका थिएनन् ।

यद्यपि बुधबार उनले दिएको राजीनामा अझै स्वीकृत नभइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पार्टीका केही प्रभावशाली नेताहरुले उनलाई अध्यक्षको जिम्मेवारी नछाड्न आग्रह समेत गर्दै आएको बताइन्छ ।

Share.

Leave A Reply