play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

अमेरिकाको टेक्सासमा विमान दुर्घटना, १० जनाको मृत्यु

0

असार, १६ ।
अमेरिकाको टेक्सासमा विमान दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । एडिसन विमानस्थलबाट उडेको केही समयपछि नै डबल इन्जिनसहितको किङ्ग एयरको सानो आकारको विमान दुर्घटनामा परेको हो । विमानस्थलकै ह्याङ्गर (विमान पार्क गर्ने भवन) मा ठोक्किएर विमान दुर्घटना भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ह्याङ्गरमा ठोक्किएपछि विमानमा आगलागी भएको थियो । फ्लोरिडाका लागि उडेको विमान दुर्घटनामा परे लगत्तै आपतकालीन उद्धारकर्मी घटनास्थलमा पुगेका थिए । तर उनीहरुले कसैलाई पनि बचाउन सकेनन् ।

Share.

Leave A Reply