play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किम भेटवार्ता गर्दै

0

आसार,१५ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसंगको आज भेटवार्ता गर्दै छन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसंग सिउलमा भएको भेटवार्ता पछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले किमसंगको भेटवार्ताबारे बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले दुई कोरियाको सीमास्थित गैर सैन्य क्षेत्रमा किमसंग संक्षिप्त भेटवार्ता हुने बताए । दक्षिण कोरियाका राष्ट्रपति मुनले पनि दुई कोरियाको सीमामा ट्रम्प र किमले शान्तिका लागि हात मिलाउने बताए । केही दिन अघि मात्र ट्रम्प र किमबीच पत्र आदान प्रदान भएका थिए । कोरियाली प्रायद्विपको निशस्त्रीकरणमा सहमति जनाएपनि उत्तरले प्रतिबद्धता पालना नगरेको अमेरिकी आरोप छ । उत्तर कोरियालले भने आफ्नो मुलुकमाथिको प्रतिबन्ध हटाउनु पर्ने माग राख्दै आएको छ ।

Share.

Leave A Reply