ट्युनिसियाका राष्ट्रपतिको स्वास्थ्य अवस्था गम्भीर,अस्पताल भर्ना

0

असार १३ ।
ट्युनिसियाका राष्ट्रपति बेजी सइद एसेब्सीको स्वास्थ्यमा गम्भीर समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ । ९२ वर्षीय राष्ट्रपतिको स्वास्थ्यमा गम्भीर समस्या आएपछि राजधानी ट्युनिसस्थित सैनिक अस्पतालमा भर्ना गरिएको हो । सन् २०११ मा भएको क्रान्तिपछि मुलुकको राजनीतिको सबैभन्दा प्रमुख पात्रका रुपमा रहेका उनको अवस्था निकै गम्भीर रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । उनको स्वास्थ्यमा कस्तो समस्या आएको हो भन्नेबारे खुलाइएको छैन । यसैसाता पनि स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

Share.

Leave A Reply