जेठ १० – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोधलाई जारी राख्ने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आज सिंहदरवारबाट राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।
आज साँझ चार बजे प्रधानमन्त्री कार्यलय सिंहदरवारबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।
प्रधानमन्त्रीले मंगलबार संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहे पनि एमालेले अवरोध गर्ने भएपछि संसद बैठक आज विहान ११ बजेका लागि सारिएको थियो ।
तर, आज पनि सहमति नजुटेपछि संसद बैठक भोलि चार बजेसम्मका लागि स्थगित गरिएको छ ।