‘केजीएफ’ स्टार यश फेरि बाबु बन्दै

0

एजेनसी, असार १२ गते । ‘केजीएफ’ स्टार यश र उनकी पत्नी राधिका पण्डितलाई हालै सन्तान प्राप्त भएको थियो । केही महिनापहिले यी दुई बाबुआमा बन्ने अवसर पाएका थिए ।

यसको केही समय नबित्दै यशले आफ्नी पत्नी फेरि गर्भवती भएको जानकारी दिएका छन् । यो खबरले केही फ्यानले यशलाई हतारिएको भन्ने प्रतिक्रिया दिएका छन् ।

यशले भिडियो बनाएर आफू फेरि बाबु बन्न लागेको जानकारी दिएका हुन् । उनले आफ्नी छोरीका माध्यमबाट दोस्रो सन्तानबारे जानकारी दिएका छन् । भिडियोको क्याप्सनमा यशले लेखेका छन् – वाइजीएफ च्याप्टर दुई ।

भिडियोमा उनकी सानी छोरी आर्याका तस्वीरलाई स्लाइड गरी देखाइएको छ । भिडियोका माध्यमबाट यश फेरि बाबु बन्न लागिएको सन्देश दिइएको छ ।

यश गत डिसेम्बरमा बाबु बनेका थिए । उनले पहिले पनि एक भिडियो शेयर गर्दै पत्नी गर्भवती भएको जानकारी दिएका थिए ।

फिल्मको कुरा गर्ने हो भने यश ‘केजीएफः च्याप्टर १’ मा देखिएका थिए । यसको दोस्रो भाग रिलिजको तयारीमा छ ।

Share.

Leave A Reply