play_circle_outline On Air

र्यापिड फाएर

play_circle_outline On Air

र्यापिड फाएर

लागुऔषध ओसारपसार नेपालका लागि चुनौतीपूर्ण बन्दै -गृहमन्त्री

0

असार,११ ।
गृहमन्त्री रामबहादुर थापा बादलले लागुऔषध दुरुपयोग तथा ओसारपसार नेपालका लागि पनि चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्रा्ष्ट्रिय दिवसको अवसरमा आज काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोध गर्दै मन्त्री थापाले विश्वव्यापी समस्याको रूपमा रहेको लागुऔषध दुरुपयोगको समस्या नेपालका लागि पनि चुनौतीपूर्ण रहेको बताएका हुन । लागुऔषध समस्या र अन्तरनिहित चुनौतिको तुलनामा सरकारका प्रयाय पर्याप्त नहुनु र खुल्ला सिमानाका कारण पनि यसको प्रयोग र ओसारपसार नियन्त्रण चुनौतीपूर्ण रहेको उनको भनाइ थियो ।

सकारले कानुन कार्यान्वयन गर्ने सुरक्षा निकाय र संस्थागत निकायको क्षमता अपेक्षित रूपमा विका गर्न नसकेको, अपराधको निगरानी, सूचना प्रणाली, अनुसन्धान र अभियोजन लाई वैज्ञानिक र स्रोत साधन सम्पन्न पार्न नसकेको गृहमन्त्रीले स्वीकार गरेका थिए । कानुनको सफल कार्यान्वयनसँगै रोकथाम गर्ने प्रयासलाई पनि जनस्तरसम्म र्पुयाउन नसकिएको भन्दै उनले नागरिक समाजको साथै सबै वर्ग र तहलाई सहयोग गर्न आग्रह गरेका थिए । लागुऔषध दुरुपयोग र अवैध कारोबार बहुआयामिक समस्या भएकाले कानुनी र चिकित्सकीय उपचारसँगै सामाजिक तथा मनौवैज्ञानिक समाधान पनि आवश्यक रहेको बताए ।

Share.

Leave A Reply