play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

दाङ र रुपन्देहीमा चट्याङ लागेर ६ जनाको मृत्यु

0

आषाढ,११ ।
चट्याङ्मा परेर दाङ र रुपन्देहीमा ६ जनाको मृत्यु भएको छ । हिजो साँझ परेको चट्याङ्ले दाङमा तीन बालकको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं. ३ मौरीघाटका ११ बर्षका रमीत चौधरी, ११ बर्षकै विनास चौधरी र १३ बर्षका साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदबिक्रम शाहका अनुसार राप्ती ४ स्थित मौरीघाट माबि छेउमा रहेको जामुनाको रुपमा चढेका बेला चट्याङ्ले लागेर उनीहरुको घटना स्थलमै मृत्यु भएको हो । सोही रुखमा चढेका अर्का ८ बर्षीय बालक अविनाश चौधरी भने गम्भीर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले बताएको छ । रुपन्देहीमा पनि चट्याङ्मा परेर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गैडहवा गाउँपालिका ७ का २५ वर्षीय भगवानदास लोध, कञ्चन गाउँपालिका–२ का ६० वर्षीय नन्दराम अर्याल र सैनामैना नगरपालिका–७ का ६२ वर्षीय चन्द्र बहादुर विक छन् । चट्याङ् लागेर गम्भीर घाइते भएका एक जनाको मणिग्रामस्थित क्रिमशन अस्पतालमा र अन्य दुईजनाको बुटवलस्थित लुम्विनी प्रदेश अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

Share.

Leave A Reply