play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

पार्टी शुद्धीकरणमा होमिन चिनियाँ राष्ट्रपति सीको आह्वान

0

असार ११ ।
चिनियाँ कम्युनिस्ट पार्टी विश्वकै फलामे अनुशासन भएको चुस्त मानिन्छ । धेरैले चीनको छलाङ र विश्वव्यापी प्रभावलाई पार्टी अनुशासनकै उपज मान्छन् । तर, चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सी जिनपिङ अझै पनि पार्टीको पछिल्लो गतिविधि र अवस्थाबाट उति सन्तुष्ट छैनन् । उनले पार्टीका नेता तथा कार्यकर्तालाई आन्तरिक पार्टी शुद्धीकरणमा लाग्न केही समयदेखि आहृवान गर्न थालेका छन् । पार्टीलाई नयाँ युगमा लैजान र लामो समयसम्म शासन गर्न पनि आन्तरिक शुद्धीकरण अपरिहार्य भएको सीको भनाइ छ । सिन्हृवा समाचार एजेन्सीका अनुसार, पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोले आयोजना गरेको समूहगत अध्ययन सत्रको अध्यक्षता ग्रहण गर्दै सीले सोमबार पार्टीका नेता(कार्यकर्तालाई आन्तरिक शुद्धीकरणमा होमिन गम्भीरतापूर्वक आहृवान गरेका छन् । पार्टी शुद्धीकरणका लागि केही सैद्धान्तिक पद्धतिसमेत उनले अघि सारेका छन् ।

Share.

Leave A Reply