play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

विश्वकप क्रिकेटमा पाकिस्तान र न्युजिल्याण्ड भिड्दै

0

असार,११ ।
आईसीसी विश्वकप क्रिकेटमा आज न्युजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुदैछ । बिर्मिङ्घममा दुवै टोली मैदान उत्रदै गर्दा नजर सेमिफाईनलमा हुनेछ । पाकिस्तानविरुद्व जित निकाल्दै न्युजिल्याण्ड दुई खेल अगावै सेमिफाईनल यात्रा तय गर्न चाहन्छ । निकै फर्ममा देखिएको न्युजिल्याण्डले पाकिस्तानविरुद्व सहज जित निकाल्ने कप्तान केन विलियम्सले बताएका छन् । तर सेमिफाईनल पुग्ने सम्भावना बलियो बनाउन पाकिस्तानलाई अन्तिम मौका छ । उसलाई अन्तिम ४ को यात्रा तय गर्न बाँकी खेल जित्नैपर्ने दबाब छ । यता श्रीलंकालाई हराउँदै प्रतियोगिताको सुरुवात गरेको न्युजिल्याण्डको जितको यात्रा जारी छ । कप्तान विलियम्सले समेत शतक प्रहार गरेका छन् । रोस टेलर फर्ममा देखिएका छन् ।

Share.

Leave A Reply