play_circle_outline On Air

आशाको बाँडी

play_circle_outline On Air

आशाको बाँडी

सत्य तथ्य सूचना प्रसारण गरेको भन्दै भरतपुर महानगरद्वारा सिनर्जी एफएम सम्मानित

0

असार १०, भरतपुर ।भरतपुर महानगरपालिकाले चितवनको पहिलो एफएफ स्टेशन सिनर्जी एफएम ९१.६ लाई सम्मान गरेको छ । आ.व. २०७५/७६ मा भरतपुरबाट सर्वाधिक राजश्व बुझाउने सञ्चार संस्था बनेको भन्दै महानगरपालिकाले एफएमलाई सम्मान गरेको हो । संघ,प्रदेश र स्थानीय निर्वाचनमा सत्य तथ्य समाचार प्रसारण गरेको तथा सम्पूर्ण श्रोताहरुको मन जित्न सफल भएको भन्दै सम्मान गरिएको हो ।

आज महानगरपालिकाको चौथों नगर सभाको अवसरमा प्रमुख अतिथि प्रतिनिधिसभा सांसद तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एफएमका प्रबन्ध निर्देशक सहनलाल प्रधानलाई प्रमाणपत्र सहित सम्मान गर्नुभएको हो । सो कार्यक्रममा अन्य नमूना करदाता संस्थाहरूलाई पनि सम्मान गरिएको थियो ।

Share.

Leave A Reply