play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आईएसका हजारौं लडाकुलाई कानुनी प्रक्रिया पूरा गरी रिहा गर्न सयुक्त राष्ट्र संघद्धारा माग

0

असार, १० ।
ंसयुक्त राष्ट्र संघले इराक र सिरियामा बन्दीका रुपमा रहेका इस्लामिक संगठन आईएसका हजारौं लडाकुलाई कानुनी प्रक्रिया पूरा गरी रिहा गर्न माग गरेको छ । संयुक्त राष्ट्र संघका मानव अधिकार मामिला प्रमुख मिचेलले बाचेलेटले विश्वका सम्बन्धित राष्ट्रहरुको ध्यानाकर्षण गराउँदै अभियोग नलगाइका लडाकुको रिहाइ गर्न माग गरेका छन् । अभियोग लागेकामाथि निष्पक्ष ढंगले छानबिन गरिनुपर्ने भन्दै मिचेलले कसैलाई पनि लामो समयसम्म हिरासतमा राख्न नहुने बताए । इराक र सिरियामा रहेका हजारौंलाई सम्बन्धित मुलुकले आफ्नो जिम्मा लिनुपर्ने उनले बताए । हजारौं विदेशीसहित ५५ हजार व्यक्ति इराक र सिरियामा हिरासतमा रहेका छन् ।

Share.

Leave A Reply