play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

चीनमा ५.४ रेक्टरको भूकम्प,१९ जना घाइते

0

असार,८ ।
चीनको दक्षिणी क्षेत्रमा आएको भूकम्पका कारण कम्तीमा १९ जना घाइते भएका छन् । सिचुवान प्रान्तको क्वाङ्क्षीन क्षेत्रमा ५.४ म्याग्निच्युडको भूकम्प आएको स्थानीय अधिकारीहरुले आज जानकारी दिएका छन् । घाइतेहरु सबैलाई उपचारका लागि तत्कालै नजिकैका अस्पतालहरुमा लगिएको छ । घाइतेहरुमध्ये कसैको पनि अवस्था गम्भीर र चिन्तजनक नभएको पनि उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । स्थानीय समय अनुसार गएराति साँढे १० बजेतिर भूकम्प आएको चिनियाँ भूगर्भ केन्द्रले जनाएको छ ।

Share.

Leave A Reply