play_circle_outline On Air

र्यापिड फाएर

play_circle_outline On Air

र्यापिड फाएर

आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिने अर्थमन्त्री खतिवडाको दाबि

0

असार,८ ।
अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्नसक्ने दाबी प्रतिनिधिसभाको आजको बैठकमा गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारी, निजी र सहकारीलगायत सबै मिलेर काम गरे आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने दाबी गरेका हुन् । अर्थमन्त्री खतिवडाले बजेट विनियोजनमा तराई मधेसलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै भौतिक पूर्वाधारमा मात्र एक अर्बमाथि बजेट विनियोजन गरिएको बताएका थिए । अर्थमन्त्री खतिवडाले भूकम्पको पुनःनिर्माण सकुञ्जेल वैदेशिक ऋण बढ्नसक्ने बताउँदै ऋणलाई राष्ट्रिय उत्पादकत्व र द्रुत विकासमा खर्च गरिने बताए । अर्थमन्त्रीले दिएको जवाफमा सांसद डिला संग्रौलाले बजेट वितरणमुखी र सस्तो लोकप्रियता हासिल गर्ने खालको रहेको आरोप लगाएकी थिइन् । सांसद प्रेम सुवालले वैदेशिक ऋण लिएर किन कर्मचारीको तलब वृद्धि गरियो भन्ने प्रश्न गरेका थिए ।

Share.

Leave A Reply