play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

हङकङमा प्रदर्शनकारीद्वारा प्रहरी मुख्यालय घेराउ

0

असार, ७ ।
विवादास्पद सुपुर्दगी विधेयक खारेज गर्नुपर्ने माग गर्दै हङकङका हजारौं नागरिकले प्रहरी मुख्यालय घेराउ गरेका छन् । हङकङमा करिब दुई सातादेखि सुपुर्दगी विधेयकको विरोधमा प्रदर्शन भइरहेको छ । पछिल्लो प्रदर्शन प्रहरीको मुख्यालय बाहिर भएको हो । सरकारी मुख्यालय र विधायक काउन्सिल अगाडि जम्मा भएका प्रदर्शनकारीहरुले प्रहरी मुख्यालय घेराउ गरी विवादास्पद विधेयक खारेजीको माग गरेका हुन् । प्रदर्शनमा सहभागी भएकाहरुले विधेयक खारेज गर्नुका साथै यसअघिको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् । केही प्रदर्शनकारीले राजश्व भवनलाई समेत घेराउ गरेका छन् । प्रदर्शनकारीहरुका कारण हङकङमा सरकारी कामसमेत ठप्प भएका छन् । आपतकालीन सेवासमेत प्रभावित हुँदै गएका छन् । हङकङका प्रहरीले प्रदर्शनकारीहरुलाई शान्ति कायम गर्न र आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।

Share.

Leave A Reply