play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

विकास बोर्डले १० चलचित्रकर्मीलाई सम्मान गर्ने

0

काठमाण्डौं, असार ५ गते । चलचित्र विकास बोर्डले १९ औँ वार्षिकोत्सवको अवसर पारेर नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्‍याएका १० जना चलचित्रकर्मीलाई सम्मान गर्ने घोषणा गरेको छ । बोर्डले बुधवार एक विज्ञप्ति जारी गर्दै चलचित्र क्षेत्रमा विशेष योगदान पुर्‍याएका १० चलचित्रकर्मीलाई आउँदो असार १६ गते सम्मान गर्ने जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘स्थापनाकालदेखि अहिलेसम्म विभिन्न क्षेत्रमा योगदान पु–याएका १० जना चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी विशेष योगदान सम्मान–२०७६’ बाट सम्मानित गरिने भएको छ ।’

यस्तो सम्मानले चलचित्र क्षेत्रमा योगदान पु–याएका चलचित्रकर्मीलाई प्रोत्साहन मिल्ने बोर्डको विश्वास छ । तर को को कलाकारलाई सम्मान गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । बोर्डले विकास बोर्डका सदस्या श्री दयाराम दाहालको संयोजकत्वमा सम्मानका लागि चलचित्रकर्मी चयन कार्य शुरु गरेको जनाएको छ ।

Share.

Leave A Reply